Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

केन्द्रीय कारागारमा ३० शय्याको अस्पताल

केन्द्रीय कारागारमा ३० शय्याको अस्पताल

काठमाडौं : केन्द्रीय कारागारमा ३० शय्याको अस्पताल सञ्चालनमा आएको छ। यसअघि १५ शय्याकाे रहेकाे कारागार अस्पतालमा १५ शय्या थप गरिएको हो ।

३० शय्याको अस्पतालमा विभिन्न रोगका सात विशेषज्ञ चिकित्सकले उपचार गर्ने व्यवस्था मिलाएको  शाखा अधिकृत सुनिता घिमिरेले जानकारी दिइन्। ‘दशौँ तहको अधिकृतको नेतृत्वमा ६७ जनाको दरबन्दी रहने गरी अस्पताल सञ्चालन गरेका छौँ’, उनले भनिन्।

केन्द्रीय कारागारमा हाल दुई हजार ८०० कैदीबन्दी छन् । केन्द्रीय कारागारभित्र केन्द्र, भद्र र महिला जेल रहेको छ । तीनवटैमा कैदीबन्दी राख्ने क्षमता एक हजार ५०० छ। अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डा. भगतलाल श्रेष्ठ कारागार अस्पतालले पुरुष तथा महिला कैदीबन्दीका लागि छुट्टाछुट्टै वाड स्थापना गरेर ओपिडी, ल्याब, एक्सरे,  ईसीजी, अल्ट्रासाउण्ड, डेन्टल, मनरोग, छालारोग र आँखा रोगको उपचार गरिरहेको बताए।

१५ शय्याको अस्पताल सञ्चालनमा ३१ दरबन्दी रहेको अस्पतालले ३० शय्याको अस्पताल सञ्चालनका लागि ३६ दरबन्दी थप गरेको हो। उक्त अस्पतालमा हाल ५५ चिकित्सकले उपचार गरिरहेका छन् ।

कारागार अस्पतालले अस्पतालभित्र उपचार हुन नसकेका बिरामीलाई भने अस्पताल बाहिरका सरकारी अस्पतालमा पठाउने गरेको छ । ‘रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, मानसिक अस्पताल, गंगालाल अस्पताललगायतमा पठाउँदै आएका छौँ’, श्रेष्ठले भने।

१९७१ सालमा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथ देवलमा अस्पताल सञ्चालन गरिएको हो। सो अस्पतालमा २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न शुरु गरिएको थियो। कारागार अस्पतालले २०६८ सालमा छुट्टै भवन निर्माण गरी २०७० साउन २८ देखि १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि