Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित

दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन्। पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलित कर्मचारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय घोराहीमा तालबन्दी गरेका छन्।

कर्मचारी संघर्ष समितिले बिहीबारदेखि आकस्मिक र प्रसूति सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ। राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व प्रतिष्ठानमा हस्तान्तरण भएपछि प्रतिष्ठानका पदाधिकारी व्यक्ति स्वार्थमा लागेको भन्दै सातदर्जन बढी स्वास्थ्यकर्मी, कर्मचारी आन्दोलित हुँदै आएका छन्।

आन्दोलित कर्मचारीले कर्मचारीको समायोजन हुनुपर्ने, तलब खुवाउनुपर्ने, सुविधा कटौती गर्न नहुनेलगायतका माग राख्दै आएका छन्।

प्रतिष्ठानले साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति र नेपाल सरकारका श्रेणीविहीन कर्मचारीको म्याद थप नगरेको साथै चिकित्सकको समेत म्याद थपका लागि आवश्यक सिफारिस नगरेपछि आन्दोलन थालेको संघर्ष समितिका अध्यक्ष हिमलाल गौतमले जानकारी दिए।

राप्ती उपक्षेत्रीय अस्पतालको अर्बौँको सम्पत्ति तथा जिन्सी प्रतिष्ठानमा अटाएको अवस्थामा सोही अस्पतालमा वर्षौँदेखि कार्यरत कर्मचारी निकालिनु दुर्भाग्य भएको गौतमले बताए।

अस्पतालका कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन्। साथै विगतमा अस्पताल सञ्चालन गर्न ल्याइएको औषधि, सर्जिकल सामान, प्रयोगशाला र एक्सरेको सामान, कार्यालय सामानको समेत व्यापारीलाई भुक्तानी नगरेको अध्यक्ष गौतमले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन