Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएपछि स्वास्थ्य मन्त्रालयको पहलमा धरानबाट विशेषज्ञ टोली जाँदै

डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएपछि स्वास्थ्य मन्त्रालयको पहलमा धरानबाट विशेषज्ञ टोली जाँदै

काठमाडाैं  चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनसनरत डा गोबिन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएपछि स्वास्थ्य मन्त्रालयको पहलमा धरानबाट विशेषज्ञ टोली त्यसतर्फ गएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट इर्मरजेन्सी मेडिसिन र मुटुरोग विशेषज्ञसहितको ७ जनाको टोली ‘पोर्टेवल भेन्लिेटर’ र अन्य उपकरणसहित इलामतर्फ लागेको स्वास्थ्य सचिव डा पुष्पा चौधरीले जानकारी दिइन ।  धरानमा समेत आइसियू कक्षा तयारी अवस्थामा राख्न लगाएका छौं उनले भनिन, ‘उहाँको स्वास्थ्य अवस्थालाई हेरेर सकेसम्म धरानमै सार्न खोजेका छौं ‘ चौधरीले भनिन ।

यता डा केसीको अवस्था कमजोर बन्दै गएपछि मंगलबारदेखि उनलाई एन्टिबायोटिक चलाइएको अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा बृजेन्द्र कुमार साहले बताए । डा केसीलाई निमोनियाले कमजोर बनाउनुका साथै, मुटुको चाल गडबडी र रगतमा चिनीको मात्रा कम देखिन थालेको उनकाे भनाई छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि