Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा. केसीकाे स्वास्थ्य नाजुक, औषधि उपचार गर्न अस्वीकार

डा. केसीकाे स्वास्थ्य नाजुक, औषधि उपचार गर्न अस्वीकार

काठमाडौं : अनशन शुरु गरेको सातौँ दिन पुग्दा डा. गोविन्द केसीलाई निमोनियाले समातेको छ। स्वास्थ्य नाजुक बनेको छ तर, उनले औषधि उपचार गर्न अस्वीकार गरिरहेका छन्।

डा. केसीलाई निमोनिया भएको र रोग प्रतिरोध क्षमता कम हुँदै गएकाले तत्काल आईसीयूमा राख्नुपर्ने सल्लाह इलाम अस्पतालले दिएको छ ।

चिकित्सकहरूले उनलाई तत्काल आईसीयूमा राख्नुपर्ने बताएका छन् तर, इलाममा आईसीयू छैन। अब उनलाई तत्कालै काठमाडौं, विराटनगर, बिर्तामोड वा धरान सार्नुपर्ने देखिएको छ।

सदरमुकामको फुलगाँछीस्थित सुरेन्द्र लिम्बूको निजी घरमा अनसन बसिरहेका डा. केसीलाई अनसनस्थल र अस्पताल नजिकै भएकाले बल्लतल्ल सोमबार जिल्ला अस्पताल ल्याइएको थियो। उनी जिल्ला अस्पतालबाट अन्यत्र नजाने अडानमा छन्।

यसअघि जुम्लामा अनसन बसेका बेला पनि डा.केसी उपचारका लागि काठमाडौं आउन मानेका थिएनन्। सरकारले उनलाई जबरजस्ती उठाएर काठमाडौं ल्याउँदा अस्पतालमा झपड भएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन