डा. केसीकाे स्वास्थ्य नाजुक, औषधि उपचार गर्न अस्वीकार
काठमाडौं : अनशन शुरु गरेको सातौँ दिन पुग्दा डा. गोविन्द केसीलाई निमोनियाले समातेको छ। स्वास्थ्य नाजुक बनेको छ तर, उनले औषधि उपचार गर्न अस्वीकार गरिरहेका छन्।
डा. केसीलाई निमोनिया भएको र रोग प्रतिरोध क्षमता कम हुँदै गएकाले तत्काल आईसीयूमा राख्नुपर्ने सल्लाह इलाम अस्पतालले दिएको छ ।
चिकित्सकहरूले उनलाई तत्काल आईसीयूमा राख्नुपर्ने बताएका छन् तर, इलाममा आईसीयू छैन। अब उनलाई तत्कालै काठमाडौं, विराटनगर, बिर्तामोड वा धरान सार्नुपर्ने देखिएको छ।
सदरमुकामको फुलगाँछीस्थित सुरेन्द्र लिम्बूको निजी घरमा अनसन बसिरहेका डा. केसीलाई अनसनस्थल र अस्पताल नजिकै भएकाले बल्लतल्ल सोमबार जिल्ला अस्पताल ल्याइएको थियो। उनी जिल्ला अस्पतालबाट अन्यत्र नजाने अडानमा छन्।
यसअघि जुम्लामा अनसन बसेका बेला पनि डा.केसी उपचारका लागि काठमाडौं आउन मानेका थिएनन्। सरकारले उनलाई जबरजस्ती उठाएर काठमाडौं ल्याउँदा अस्पतालमा झपड भएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण