Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालन अन्योलमा, संघर्षमा उत्रिने महासचिवको चेतावनी

गिरिजाप्रसाद श्वासप्रश्वास अस्पताल बन्द गर्न खोजेको भन्दै कांग्रेसको आपत्ति

सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालन अन्योलमा, संघर्षमा उत्रिने महासचिवको चेतावनी

काठमाडौं :  प्रमुख प्रतिपक्षी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सरकारको समयमा बनाइएका दुई अस्पताललाई वर्तमान सरकारले विघटन गर्न लागेको भन्दै आपत्ति जनाएका छन्।

बाँकेको खजुरा गाउपालिका  ७ स्थित खजुरामा रहेको पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नाममा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र तनहुँमा रहेको गिरिजाप्रसाद श्वासप्रश्वास अस्पताल सरकारले बन्द गर्न खोजेको भन्दै पौडेलले आपत्ति जनाए।

वर्तमान सरकारले कांग्रेसका नेताको नाममा रहेका अस्पताललाई टार्गेट गरेको भन्दै पौडेलले विरोध जनाए।दिवंगत दुई नेताका नाममा बनेका अस्पताल बन्द गरिए सडक आन्दोलन गर्ने चेतावनी उनले दिए।

नेता पौडेलले सोमबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आकस्मिक पत्रकार सम्मेलन गरेर यस विषयमा आपत्ति जनाएका हुन्।

स्वास्थ्य मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले भने आफूहरुले ११ वटा अस्पताललाई केन्द्रमा राख्ने भनेर प्रस्ताव मन्त्रिपरिषदमा पठाएकोमा दुई अस्पतालको नाम स्वीकृत नभएको बताइन्। उनले अस्पताल बन्द गर्ने भन्दा पनि कसरी अगाडि बढाउने भन्ने विषयमा अलमल भएको हेल्थ टिभी अनलाइनलाई बताइन्।

अस्पताल बन्द हुने भन्ने विषयमा प्रतित्रिया दिँदै प्रखर परोपकार मिसन नेपालका महासचिव राजेन्द्र आचार्यले सरकारले नियतवश यसो गर्न खाजेको ठहरिए यस क्षेत्रका बासिन्दा कडा आन्दोलनमा उत्रिने प्रतिक्रिया दिए।

श्वासप्रश्वासको समस्याबाट पूर्वप्रधानमन्त्री गिरिजाको र क्यान्सर रोगबाट सुशील कोइरालको  निधन भएको थियो। कांग्रेसले दिवंगत दुवै नेतालाई भएको रोगकै नामबाट अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन