सरकार र आन्दोलनरत सरकारी चिकित्सकबीच सहमति
स्वास्थ्य सेवाका कर्मचारी अन्य मन्त्रालयको सचिव हुनसक्ने
काठमाडौं : कर्मचारी समायोजनलगायत माग राखी आन्दोलनरत सरकारी चिकित्सक र सरकारबीच सहमति भएको छ। सरकारी चिकित्सक संघ नेपाल (गोदान) र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीचको वार्ता सोमबार सहमतिमा पुगेको हो।
हालै संसदबाट पारित कर्मचारी समायोजन अध्यादेशअनुसार कर्मचारी समायोजनका क्रममा हाल संघीय लोकसेवा आयोगबाट नियुक्त भएका स्वास्थ्य सेवातर्फका चिकित्सकलगायत कर्मचारीलाई संघीय सरकारले परिचालन गर्नेगरी आवश्यक व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने सहमति भएको छ।
स्वास्थ्य मन्त्रालयको सांगठनिक संरचना बनाउँदा स्वास्थ्य सेवातर्फका व्यवस्थापकीय पद ११औं तह वा सोभन्दा माथि छुट्टै समूह नराख्नेगरी कानुन निर्माण गर्न पहल गर्ने, स्वास्थ्य सेवाका कर्मचारी पनि अन्य मन्त्रालयको सचिव हुनसक्नेलगायत बुँदा सहमति भएकाे छ।
स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई एउटै छाता ऐन ल्याई व्यवस्थित गर्ने, एक चिकित्सक एक स्वास्थ्यका लागि विस्तारित अस्पताल सेवा र भत्ताको व्यवस्था गर्ने तथा ११औँ तहमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था हटाउने सहमित भएकाे छ।
सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम फिर्ता भएकाे गोदानले जनाएकाे छ।
हेर्नुहाेस् सहमतिका बुँदा






अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’