आयुर्वेद स्वास्थ्य शिविरमा ६०० जनाले पाए निःशुल्क उपचार
पर्वत : मोदी गाउँपालिका–२ देउपुरस्थित पातीचौरमा सञ्चालित निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ६०० भन्दा बढीले सेवा लिएका छन्।
पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित पातीचौरमा आइतबार सञ्चालित एकदिने शिविरमा ६१२ जनाको स्वास्थ्य परीक्षण गरिएको हो। रि–लाइफ आयुर्वेद हस्पिटल प्रालि पोखराको सहयोग र पार्वती युवा क्लब पातीचौरको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा पायल्स, फिस्टुला, फिसर, नसा तथा बाथ रोग, प्यारालाइसिस, जण्डिस, स्त्रीरोगका बिरामीको परीक्षण गरिएको आयोजक पार्वती युवा क्लबका अध्यक्ष समीर मल्लले जानकारी दिए। उनका अनुसार शिविरमा ग्याष्ट्रिक र स्त्रीरोगसम्बन्धी बिरामीको बढी घुइँचो लागेको थियो। उपचार गर्न आउनेलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियाे।
शिविरमा वरिष्ठ आयुर्वेद विशेषज्ञ डा. ओमप्रकाश कलोनी, डाक्टर सुजना शर्मा, डा. दीपक भुसाल, ल्याब टेक्नोलोजिष्ट डा. नरेशप्रसाद पाण्डे र फिजियोथेरापिष्ट डा. दिनेश गुरुङलगायतले परीक्षण गरेका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?