रम्भा गाउँपालिकाकाे सबै वडा प्रसूति केन्द्र
पाल्पा ः विकटमा रहेको रम्भा गाउँपालिकाकाे सबै वडामा प्रसूति सेवा सञ्चालनमा भएपछि सेवा लिन सुत्केरीलाई सजिलो भएको छ ।
स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका यहाँका महिलालाई गाउँपालिकाका पाँच वटै वडामा प्रसूति केन्द्र सञ्चालनमा आएपछि राहत भएको हो। यहाँ प्रसूति सेवा नहुँदासम्म जिल्ला सदरमुकाम तानसेन जानुपर्ने बाध्यता थियो।
गाउँपालिकालाई ‘शून्य होमडेलिभरी’ बनाउन जनप्रतिनिधिको पहलमा सबै वडामा प्रसूति सेवा केन्द्र स्थापना गरिएको हो ।
चालू आर्थिक वर्षको साउनयता ८२ सुत्केरी भएकोमा ७८ ले स्वास्थ्य संस्थामा पुगेर बच्चा जन्माएको रम्भा गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक शिवप्रसाद अर्यालले बताए। करीब ९५ प्रतिशत गर्भवती सुरक्षित किसिमबाट स्वास्थ संस्थामा पुगेर सुत्केरी भएका छन्। शतप्रतिशत पुर्याउन गाउँपालिकाले स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ।
गाउँपालिकामा संस्थागत सुत्केरी बढाउन स्वास्थ्य संस्थामा नै पुगेर बच्चा जन्माउने महिलालाई प्रोत्साहनस्वरूप एक हजार ५०० रूपैयाँ रकम प्रदान गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण