चिकित्सा विधेयक हुबहु पारित गर्न माग राख्दै अनशन
इलाम : प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसेका डा. गोविन्द केसीलाई चुनौती दिँदै एक युवा तीन दिनदेखि अनशनमा छन्।
काठमाडौँ, कागेश्वरी मनहरा २ का २७ वर्षीय विजय थापा समितिले हालै बहुमतले पारित गरेको चिकित्सा विधेयक कसैको दवाव र प्रभावमा नपरी सार्वभौम संसदबाट पारित हुनुपर्ने माग गर्दै यहाँ आमरण अनशन बसका हुन्।
काठमाडौँस्थित पशुपति बहुमुखी क्याम्पसका विद्यार्थी थापा मुख्य चोकस्थित लाँकुरी चौतारामा शुक्रबारदेखि अनशन थालेका हुन्। थापाले राखेका नौ मागमध्ये पहिलो माग नै प्रा.डा. केसीको मुख्य मागको ठीक विपरीत छ। दुवै अनशनस्थलको दूरी एक किलोमिटरभन्दा कम छ ।
डा. केसीले चिकित्सा विधेयकलाई विषय बनाएर आमरण अनशन बसेकाे यो १६ औँ पटक हो भने विद्यार्थी थापाको दोस्रो पटक हो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?