चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसदमा पेश
काठमाडौं : शिक्षा तथा स्वास्थ्य समितिबाट पारित चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसदमा पेश गरिएको छ। समितिकी सभापति जयपुरी घर्तीले आइतबारको प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरेकी हुन्।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक गत असार २२ गते संसदमा दर्ता भएको थियो। साउन १३ को प्रतिनिधिसभा बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि प्राप्त संशोधनसहित दफावार छलफलका लागि समितिमा पठाउने निर्णय भए बमोजिम समितिमा साउन २१ मा पुगेको थियो।
समितिको प्रतिवेदनमा नेपाली कांग्रेसका सदस्यहरूले फरक मत राखेका थिए। समितिको प्रतिवेदन पास भएपछि डा.गोविन्द केसी इलाम पुगेर अनसनमा बसेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?