Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बागलुङमा प्रभावकारी बन्दै स्वास्थ्य बिमा

बागलुङमा प्रभावकारी बन्दै स्वास्थ्य बिमा

गलकोट : नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम बागलुङमा प्रभावकारी बन्दै गएको छ ।

२०७३ असारमा शुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म ३८ हजार २७३ स्वास्थ्य बीमामा आबद्ध भएको स्वस्थ्य बिमा बोर्ड कार्यालयका दर्ता अधिकारी जमुना शर्माले बताइन्। उनका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी बिमा गर्नेबागलुङ नगरपालिकामा छन्।

बिमा कार्यक्रममा हालसम्म आठ हजार २०४ परिवार आबद्ध भएर स्वास्थ्य सेवा लिइरहेको बोर्डले जनाएको छ। कार्यक्रमले जिल्लामा आर्थिक रूपमा विपन्न र गरीब समुदायका बिरामीले औषधि उपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् ।

धौलागिरी अञ्चल अस्पतालमा आउने बिरामी स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि उपचारमा आउनेको सङ्ख्यामा तेब्बरले वृद्धि भएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताए। ‘बीमा गराएका बिरामी दैनिक २०० को हाराहारीमा उपचारका लागि आउने गरेका छन्’, उनले भने, ‘नियमित औषधि सेवन गर्ने बिरामी निःशुल्क औषधि लग्नकै लागि समेत अस्पताल आउने गर्छन्।’

पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक दुई हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएको हकमा प्रतिसदस्य ४२५ रुपैयाँका दरले शुल्क बुझार्इ बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिक रूपमा ५० हजार रुपैयाँसम्म उपचार खर्च निःशुल्क पाउने व्यवस्था छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन