रास्कोटमा सामुदायिक अस्पताल निर्माण हुने
सुर्खेत : कर्णाली प्रदेशको भौगोलिक रूपले विकट मानिने कालीकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल निर्माण हुने भएको छ।
रास्कोट–५ गौतुकोटको २२२ रोपनी जग्गामा १५ शय्याको सामुदायिक अस्पाताल निर्माण हुने भएको हो। शनिबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, नगरप्रमुख काशीचन्द्र बराल, पत्रकार रवि लामिछाने र अस्पताल निर्माण समितिका अध्यक्ष तुलराज सिंखडाले संयुक्तरूपमा अस्पातल निर्माण अभियानको घोषणा गरेका हुन्।
नगर प्रमुख बरालले अनुमानित १० करोड लागतमा अस्पताल निर्माण गरिने बताए। स्थानीय सरकारले पनि ३० लाख रकम सहयोग गर्ने भन्दै उनले अस्पतालबाट ७५ हजार सेवाग्रही लाभान्वित हुने जानकारी गराए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?