Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

रास्कोटमा सामुदायिक अस्पताल निर्माण हुने

रास्कोटमा सामुदायिक अस्पताल निर्माण हुने

सुर्खेत : कर्णाली प्रदेशको भौगोलिक रूपले विकट मानिने कालीकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल निर्माण हुने भएको छ।

रास्कोट–५ गौतुकोटको २२२ रोपनी जग्गामा १५ शय्याको सामुदायिक अस्पाताल निर्माण हुने भएको हो। शनिबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, नगरप्रमुख काशीचन्द्र बराल, पत्रकार रवि लामिछाने र अस्पताल निर्माण समितिका अध्यक्ष तुलराज सिंखडाले संयुक्तरूपमा अस्पातल निर्माण अभियानको घोषणा गरेका हुन्।

नगर प्रमुख बरालले अनुमानित १० करोड लागतमा अस्पताल निर्माण गरिने बताए। स्थानीय सरकारले पनि ३० लाख रकम सहयोग गर्ने भन्दै उनले अस्पतालबाट ७५ हजार सेवाग्रही लाभान्वित हुने जानकारी गराए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन