Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल चिकित्सक संघले सरकारसँग भन्यो, डा. केसीको जीवन रक्षा गर

नेपाल चिकित्सक संघले सरकारसँग भन्यो, डा. केसीको जीवन रक्षा गर

काठमाडौं : नेपाल चिकित्सक संघले आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

सहमति कार्यान्वयन गर्नुको साटो डा. केसीलाई बेवास्ता गर्ने गतिविधि गरेर सरकारले आफ्नो गरिमा र प्रतिष्ठामाथि नै आँच पुर्‍याएको ठहर चिकित्सक संघले गरेको छ।

पटक पटक अनशनमा बस्दा केसीको शारीरिक अवस्था अत्यन्त कमजोर भएको र जनुसुकै बेला अप्रिय घटना घट्नसक्ने भन्दै संघका महासचिव डा. लोचन कार्कीले जीवनरक्षाका लागि विशेष पहल गर्न आग्रह गरेका छन्। अनशनलाई सदाका लागि अन्त्य गर्ने वातावरण तयार गर्न सरकारलाई आग्रह उनले सुझाव दिए।

१५औँ पटकको अनशन तोड्दा सरकारसँग भएको सहमति कार्यान्वयनको माग राख्दै डा. केसी शुक्रबारदेखि इलाममा अनशनरत छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि