क्यान्सर विजेताहरु ‘र्याम्प शो’मा यसरी उत्रिए
काठमाडौं : क्यान्सरबारे जनचेतना जगाउन नेपाल क्यान्सर सहयोग समूहको आयोजनामा भएको ‘क्यान्सर सर्भाइभर र्याम्प सो’ मा क्यान्सर विजेताहरु शुक्रबार खुलेर प्रस्तुत भए ।
ललितपुरको हेरिटेज गार्डेनमा भएको ‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो’मा उनीहरुले पहिलोपटक र्याम्प वाक गरेका हुन। क्यान्सरबारे अझ बढी जनचेतना जगाउन ‘क्यान्सर सर्भाइभर याम्प सो’ ले सहयोग गर्ने विश्वास लिएको कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले बताइन । ‘क्यान्सर जीवनको अन्त्य होइन, यसपछि पनि जीवन छ भन्ने सन्देश दिन आयोजना गरिएको र्याम्प शो मा २५ जना क्यान्सर सर्भाइभर सहभागी भएका थिए।



नेपालमै पहिलो पटक आयोजना गरिएको क्यान्सर बिजेताहरुको र्याम्प शोमा क्यान्सर बिजेता एवम उनीहरुलाई उपचार गर्ने चिकित्सक र स्वास्थयकर्मी समेत सँगै र्याम्प वाकमा सहभागी भए ।







नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?