Health TV Online
Health TV Online

डा. केसीको समर्थनमा भाेलि माइतीघरमा प्रदर्शन हुने

डा. केसीको समर्थनमा भाेलि माइतीघरमा प्रदर्शन हुने

काठमाडाैं : १६औँ चरणको अनशनमा बसेका डा.गोविन्द केसीको समर्थनमा शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन हुने भएको छ।

डा. केसीको समर्थनमा ऐक्यबद्धता अभियानको आह्वानमा शनिबार मध्याह्न १२ बजे माइतीघरमा प्रदर्शन गर्न लागिएको अभियन्ता प्रितम सुवेदीले जानकारी दिए।

१५औँ अनशनका क्रममा सरकारले आफूसँग गरेको सम्झौताविपरीत संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट विधयेकको प्रतिवेदन पारित भएपछि गत बुधबार डा. केसीले इलाममा १६औँ अनशन शुरु गरेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार