सबै ठूला अस्पताल संघीय सरकार मातहत
काठमाडाैं : देशका ठूला अस्पताल संघीय सरकार मातहत रहने भएका छन्। मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गतका ठूला अस्पताल विकास समितिमार्फत सञ्चालन हुँदै आएकाेमा अब संघीय सरकार मातहत राख्ने निर्णय गरेको हो।
सिंहदरबारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले २३ पुस र १९ पुसमा सरकारले गरेको निर्णय सार्वजनिक गर्दै ती अस्पताल संघीय सरकार मातहत रहने जानकारी दिएका हुन्।
काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, सिंहदरबार वैद्यखाना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र संघीय सरकार मातहत रहनेछन्।
यसैगरी काठमाडौंको नरदेवी आयुर्वेद अस्पताल, भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र ललितपुरस्थित मानसिक अस्पताल संघ मातहतमा रहनेछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण