चिसो बढेसँगै जिल्ला अस्पतालमा बिरामीको चाप
तनहुँ : चिसो बढेसँगै तनहुँमा बिरामीको चाप बढेको छ। जिल्ला अस्पतालमा आउने अधिकांशमा रुघाखोकी, ज्वरो, निमोनिया, दम र हाडजोर्नी लगायतका समस्या रहेको अस्पतालले जनाएको छ।
अहिले जिल्ला अस्पताल तम्घासमा दैनिक सरदर एक सय बिरामीले उपचार गर्ने गरेको अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए।
त्यस्तै जिल्ला अस्पतालसँगै बाहिर मेडिकलहरूमा पनि चिसोका बिरामी बढ्दै गएका छन् ।
दैनिक क्लिनिकमा आउने बिरामीमध्ये ३० प्रतिशत बिरामी चिसोबाट प्रभावित आउने गरेको शुभलक्ष्मी क्लिनिकका सञ्चालक होम पल्लीले जानकारी दिए। दुई महिनामा साढे चार हजारलाई सेवा पछिल्लो दुई महिना मंसिर र पुसमा चार हजार चार सय ३४ जना बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ।
मंसिर र पुसमा बहिरंगतर्फ दुई हजार एक सय २६ महिला र एक हजार चार सय ६० पुरुषले सेवा लिएका छन्। त्यस्तै अन्तरंगतर्फ एक सय ४१ महिला र ३९ पुरुष गरी १८० जनाले सेवा लिएको अस्पतालले जनाएको छ। त्यस्तै ३९० महिला र २७८ जना पुरुषले आकस्मिक सेवा लिएका छन्। बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएकाे अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?