हेल्थ असिस्टेन्टहरूकाे आन्दोलन आज पनि जारी
काठमाडाैंः हेल्थ असिस्टेन्टहरुले आज चौथौ दिन पनि आन्दोलन जारी राखेका छन्। कर्मचारी समायोजनका लागि स्वास्थ्य मन्त्रालयले तयार पारेको नयाँ संगठनको विरोधमा हेल्थ असिस्टेन्ट संघ नेपालको नेतृत्वमा भएको दवावमूलक कार्यक्रम आज चौंथो दिन पनि जारी रह्यो। स्वास्थ्य मन्त्रालयमा प्रवेश गर्न नदिएपछि उनीहरुले माइतीघर मन्डलामा प्रदर्शन गर्दै आएका छन्।
मन्त्रालयमा वार्ताका लागि बोलाउने भने पनि केही खबर नआएको संघका कार्यवाहक अध्यक्ष दिपेन्द्र खड्काले बताए । उनले भने,’अहिलेसम्म खबर आएको छैन,अब आजै हाम्रो अन्तिम अल्टिमेटम हो राजिनामा दिनुको विकल्प छैन्।’
१५ सय जना साथीहरुको राजिनामा संकलन गरिसकेकाे भन्दै उनले सेवाकाे कदर नभए काम गर्नुको कुनै औचित्य नहुने बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?