Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

हेल्थ असिस्टेन्टहरूकाे आन्दोलन आज पनि जारी

हेल्थ असिस्टेन्टहरूकाे आन्दोलन आज पनि जारी

काठमाडाैंः  हेल्थ असिस्टेन्टहरुले आज चौथौ दिन पनि आन्दोलन जारी राखेका छन्। कर्मचारी समायोजनका लागि स्वास्थ्य मन्त्रालयले तयार पारेको नयाँ संगठनको विरोधमा हेल्थ असिस्टेन्ट संघ नेपालको नेतृत्वमा भएको दवावमूलक कार्यक्रम आज चौंथो दिन पनि जारी रह्यो। स्वास्थ्य मन्त्रालयमा  प्रवेश गर्न नदिएपछि उनीहरुले माइतीघर मन्डलामा प्रदर्शन गर्दै आएका छन्।

मन्त्रालयमा वार्ताका लागि बोलाउने भने पनि केही खबर नआएको संघका कार्यवाहक अध्यक्ष दिपेन्द्र खड्काले बताए । उनले भने,’अहिलेसम्म खबर आएको छैन,अब आजै हाम्रो अन्तिम अल्टिमेटम हो राजिनामा दिनुको विकल्प छैन्।’

१५ सय जना साथीहरुको राजिनामा संकलन गरिसकेकाे भन्दै उनले  सेवाकाे कदर नभए काम गर्नुको कुनै औचित्य नहुने बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि