Health TV Online
Health TV Online

दाङमा पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स

दाङमा पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स

दाङ :  जिल्लामा पहिलो पटक सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ।  तुलसीपुरस्थित तुलसी हस्पिटलले पुस दोस्रो सातादेखि ‘क’ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।

एम्बुलेन्समा आईसीयू, भेन्टिलेटरकलगायत सेवा साथै स्वास्थ्यकर्मी पनि रहेको हस्पिटलका बालरोग विषेशज्ञ डा. किशोर खत्रीले जानकारी दिए। एम्बुलेन्समा अरूमा भन्दा धेरै सेवा सुविधा भए पनि भाडा भने धेरै फरक नपर्ने बताइएको छ।

सुविधायुक्त एम्बुलेन्स सञ्चालन आएसँगै गम्भीर घाइते र बिरामीलाई सहज रूपमा अस्पतालसम्म पुर्याउन सकिने सर्वसाधारणकाे अपेक्षा छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार