दाङमा पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स
दाङ : जिल्लामा पहिलो पटक सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ। तुलसीपुरस्थित तुलसी हस्पिटलले पुस दोस्रो सातादेखि ‘क’ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।
एम्बुलेन्समा आईसीयू, भेन्टिलेटरकलगायत सेवा साथै स्वास्थ्यकर्मी पनि रहेको हस्पिटलका बालरोग विषेशज्ञ डा. किशोर खत्रीले जानकारी दिए। एम्बुलेन्समा अरूमा भन्दा धेरै सेवा सुविधा भए पनि भाडा भने धेरै फरक नपर्ने बताइएको छ।
सुविधायुक्त एम्बुलेन्स सञ्चालन आएसँगै गम्भीर घाइते र बिरामीलाई सहज रूपमा अस्पतालसम्म पुर्याउन सकिने सर्वसाधारणकाे अपेक्षा छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?