तलब नपाएकाे भन्दै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले शुरू गरे अनिश्चितकालीन हडताल
काठमाडौं : त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरूले काम ठप्प पारेर आन्दोलन शुरु गरेका छन् । गत ८ महिनादेखि तलब नपाएको भन्दै उनीहरूले बिहीबार अनिश्चितकालीन हडताल शुरू गरेका हुन्।
तलब (स्टाइपेन्ड) नपाएसम्म हडताल जारी रहने चेतावनी उनीहरूले दिएका छन्। रेसिडेन्टहरूको मासिक स्टाइपेन्ड करिब ३४ हजार रूपैयाँ छ।
शिक्षण अस्पतालमा करिब १८० आवासीय चिकित्सक छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?