दादुराको खोप लगाउँदा १५ महिने बालकको ज्यान गयो
कैलाली : दादुरा खोप लगाइएका कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका १५ महिने बालकको मृत्यु भएको छ।
बुधबार बिहान खोप लगाइएका १५ महिने बालक चरण चौधरी १५ मिनेटपछि बेहोश भएका थिए। टीकापुर अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको हो।
‘हाम्रो बच्चा स्वस्थ थियो। खोप लगाएको १५ मिनेटमै बेहोश भयो। टीकापुर अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भयो’, बुबा वासुदेव चौधरीले भने। लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्न उनले माग गरेका छन्।
टीकापुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट चिकित्सक नरेन्द्र खनालले खोप लगाउँदा नै मृत्यु भएको हो, हाेइन भन्ने यकिन नभएको बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?