Health TV Online
Health TV Online

जापानी दूतावासले दियाे नेपाल क्यान्सर अस्पताललाई मेडिकल उपकरण

जापानी दूतावासले दियाे  नेपाल क्यान्सर अस्पताललाई मेडिकल उपकरण

ललितपुर : जापानी दूतावासले नेपाल क्यान्सर अस्पताललाई क्यान्सर उपचारका उपकरण हस्तान्तरण गरेको छ।

अस्पतालमा बिहीबार कार्यक्रम गरी नेपालका लागि जापानी ‘म्याडम एम्बासडर’ इरिको साइगोले अस्पतालका अध्यक्ष डा. सुदीप श्रेष्ठलाई उपकरण हस्तान्तरण गरेकी हुन्।

दूतावासले अस्पताललाई ‘इकोकार्डियोग्राफी’, ‘ईआरसिपी’, ‘रेजिडब्रोन्कोसकपी’ र ‘हाम्रोनिक स्क्यालपेल’ उपकरण हस्तान्तरण गरेको हो।

क्यान्सरको शल्यक्रिया गर्नु अघि मुटुको अवस्था जाँच गर्ने, फोक्सोको क्यान्सर पत्ता लगाउने, क्यान्सरमा हुने जन्डिस कम गर्नेलगायतका उपकरण अस्पताललाई प्राप्त भएको अस्पतालका अध्यक्ष डा. श्रेष्ठले बताए ।

यी उपकरण क्यान्सरको उपचारमा निकै सहयोगी हुने पनि अध्यक्ष श्रेष्ठले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार