Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालयका दुई सचिवको जिम्मेवारी बाँडफाँड, चाैधरीलाई स्वास्थ्य, अधिकारीलाई जनसंख्या

स्वास्थ्य मन्त्रालयका दुई सचिवको जिम्मेवारी बाँडफाँड, चाैधरीलाई स्वास्थ्य, अधिकारीलाई जनसंख्या

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई सचिवको जिम्मेवारी बाँडफाँड गरिएको छ। स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दुई सचिवको जिम्मेवारी तोकेका हुन्।

स्वास्थ्यतर्फको जिम्मेवारी सचिव डा.पुष्पा चौधरीलाई दिइएको छ भने जनसंख्याको जिम्मा सचिव केदारबहादुर अधिकारीलाई दिएका छन्।

मन्त्रिस्तरीय निर्णयबाट दुवैलाई छुट्टाछुट्टै महाशाखा र विभागको जिम्मेवारी तोकिएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए। चौधरीलाई मन्त्रालयको नीति योजना, अनुगमन, समन्वय महाशाखासहित स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिइएको छ।

अर्का सचिव अधिकारीलाई जनसंख्या महाशाखा हेर्ने गरी जनसंख्या सचिवको रूपमा जिम्मेवारी दिइएको छ। त्यसबाहेक मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा, औषधि व्यवस्था विभाग र आयुर्वेद विभागको जिम्मेवारी अधिकारीलाई दिइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि