Health TV Online
Health TV Online
Health TV Online

मेडिकल कलेज स्थापनाका लागि पाँचथरमा सम्भाव्यता अध्ययन

मेडिकल कलेज स्थापनाका लागि पाँचथरमा सम्भाव्यता अध्ययन

फिदिम : पाँचथरमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको छ। शिक्षा मन्त्रालयका उपसचिव विष्णु मिश्र सहितको टोलीले पाँचथरमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता खोजी गरेको हो। सम्भाव्यताबारे जानकारी लिन जिल्ला प्रशासन कार्यालय पाँचथरको समन्वयमा फिदिममा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै आन्दोलनरत त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीसँग सरकारले गरेको सहमतिबमोजिम पाँचथरको फिदिममा मेडिकल कलेज स्थापना गर्न उपयुक्त हुने निष्कर्ष निकालेको बैठकमा सहभागी नेकपाका प्रदेश कमिटीसदस्य हर्कबहादुर नेम्वाङले बताए।

बैठकपछि मेडिकल कलेज स्थापनाका लागि जिल्ला अस्पताल तथा फिदिम नगरपालिका वडा नं २ र ३ मा स्थलगत अवलोकन समेत गरिएको छ। सरकारले गत साउनमा पाँचथर–इलाम, डडेलधुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन एक महिनाभित्र शुरु गरिसक्ने केसीसँग सहमति गरेको थियो।

सोही सहमतिअनुसार मन्त्रालयको टोलीले सम्भाव्यता अध्ययन गरेको हो। पाँचथरसहित पूर्वी पहाडका ताप्लेजुङ, तेह्रथुम र इलामको केही भू–भागका गरी झण्डै छ लाख स्थानीयवासीले सेवा लिनसक्ने क्षेत्र भएकाले फिदिममा मेडिकल कलेज स्थापना गर्नु उपयुक्त हुने निष्कर्ष बैठकले निकालेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार