Health TV Online
Health TV Online
Health TV Online

सहमतिविपरीत विधेयक पारित भएपछि आज १६औँ पटक अनशन बस्दै डा. केसी

सहमतिविपरीत विधेयक पारित भएपछि आज १६औँ पटक अनशन बस्दै डा. केसी

काठमाडाैं : आफू र सरकारबीच भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक पारित भएपछि डा. गोविन्द केसी १६औँ पटक अनशन बस्ने भएका छन्।

मंगलबार अपराह्न साढे ४ बजे इलाममा पत्रकार सम्मेलन गरी १६औँ अनशन शुरु गर्न लागेको केसीले जानकारी दिए। यसअघि संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीको आग्रहपछि डा. केसीले अनशन स्थगन गरेका थिए।

‘सहमतिको नाममा सरकारले बारम्बार धोका दिएको छ’, उनले भने ,’यसपटक भने धोका खानेछैन।’ जिल्ला अस्पताल र धर्मशालामा अनशन बस्न सरकारले नदिएको भन्दै शहरी विकास आयोजनाको खाली रहेको भवनमा बस्ने तयारी गरेको उनले जानकारी दिए।

अघिल्लो बुधबार नै इलामबाटै अनशन शुरु गर्न लागेका उनलाई सभापति घर्तीले बुधबार सरकारसँगको सहमति अनुसार नै विधेयक ल्याउने आश्वासन दिएकी थिइन्।

हेर्नुहोस्,

चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, पालना भएन डा. केसीसँगकाे सहमति

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार