प्रसूतिगृहमा नौ वर्षदेखि ताला
जाजरकोट : नलगाड नगरपालिका–४ लहँ खालचौरस्थित स्वास्थ्यचौकीको प्रसूतिगृह भवनमा नौ वर्षदेखि ताला लागेको छ।
बत्ती, पानी, घेराबार, आवश्यक औजारको अभावमा उक्त भवन प्रयोगविहीन भएको हो। समुदाय सहयोग कार्यक्रम केयर नेपाल संस्थाको नौ लाख ८० हजार रूपैयाँ आर्थिक सहयोग तथा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको समन्वयमा ०६७\६८ सालमा उक्त भवन निर्माण भएको थियो। भवन प्रयोगमा नआउँदा महिलालाई सुरक्षित सुत्केरी सेवा लिन समस्या भएको स्वास्थ्यचौकीकी अनमी जयन्ती शाहीले बताइन्।
प्रसूति गराउन समस्या छ, पुरानो जीर्ण भवनको एउटा कोठाबाट सेवा प्रवाह हुँदै आएको अनमी शाहीले जानकारी दिइन्। ‘नयाँ भवन बनेको छ, प्रयोगमा छैन यसले समस्या बनाएको छ’, शाहीले भनिन्, ‘दिनमा तीन\चार जना महिला सुत्केरी हुन आए भने राख्ने ठाउँ नै हुँदैन, खुला ठाउँमै राखेर भए पनि सेवा दिनुपर्ने बाध्यता छ।’
यो संस्थामा साविकको लहँ गाविसको वडा १ भारगाउँ, २ को थाप्ला, ३ को मानचौर, ४ को माझगाउँ, ५ को बाउँसेखोला, ६ को पोखरा, ७ को मुली, ८ को ऐराडी, ९ गर्छिनाबाट महिला स्वास्थ्य जाँच तथा सुत्केरी हुन आउने गर्छन् तर भवनको उचित व्यवस्थापन नहुँदा सुत्केरी सेवा लिन बाहिर जानु पर्ने बाध्यता छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण