हेल्थ असिस्टेन्टकाे समूहलाई स्वास्थ्य मन्त्रालयको गेटमै रोकियो
काठमाडाैं : स्वास्थ्य मन्त्रालयमा धर्ना कार्यक्रम गर्न आएका हेल्थ असिस्टेन्टको समूहलाई मन्त्रालयको गेटमै रोकिएको छ । बुधबार ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी उनीहरुलाई मन्त्रालय भित्र प्रवेश गर्न दिइएन।
नयाँ संरचनामा हेल्थ असिस्टेन्टलाई अन्याय गरेको भन्दै आन्दोलित बनेका उनीहरुले मंगलबार पनि धर्ना कार्यक्रम गरेका थिए । पटक पटक ध्यानाकर्षण गराउँदा समेत मन्त्रालयले बेवास्ता गरेको भन्दै उनीहरुले आन्दोलनमा उत्रिन परेको बताएका छन्।

शान्तिपूर्ण विरोधका कार्यक्रम गर्दा पनि सरकारले कर्मचारी दमन गर्न खोजेकाे हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष दिपेन्द्र खड्काले बताए । उनले भने ‘हामीलाई आफनै मन्त्रालयलले पराई ठान्यो।’ अब मन्त्रालयभित्र पनि जान नपाइने भएछ ।’
मन्त्रालयभित्र प्रवेश गर्न नदिएपछि उनीहरु यतिखेर माइतीघर मण्डलामा जम्मा भई धर्ना कार्यक्रम शुरू गरेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?