हेल्थ असिस्टेन्ट पनि आन्दोलनमा
काठमाडौं :नयाँ संरचनामा हेल्थ असिस्टेन्टलाई अन्याय गरेको भन्दै एचएहरु आन्दोलित भएका छन्।
हेल्थ असिस्टेन्ट संघ नेपालको नेतृत्वमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना र घेराउ कार्यक्रम गरेका छन्। नयाँ संरचनामा शैक्षिक योग्यता र लोकसेवाको प्रक्रियाको आधारमा कर्मचारीको पद र जिम्मेवारी तोकिनुपर्नेमा केही व्यक्तिको स्वार्थमा बनाइएको भनदै संगठनको उनीहरुले विरोध जनाएका हुन।
उनीहरुले यो संरचना खारेजीको माग समेत गरेका छन्। ‘नयाँ संगठन संरचना विभेदकारी भएको भन्दै आन्दोलन गरेका हौं , यस अघि हामीले सुझावसहितको ज्ञापन पत्र समेत बुझाएका थियौँ,’ तर त्यसको सुनुवाइ भएन संघका कार्यवाहक अध्यक्ष दिपेन्द्र खड्काले भने,। ‘अहिले मन्त्रालय केन्द्रित आन्दोलन गर्न बाध्य भएका हौँ। उनले माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण