सरकारी अस्पतालमा आज पनि चिकित्सकहरूले दिए धर्ना
काठमाडौं : कर्मचारी समायोजनमा विभेद गरिएको भन्दै सरकारी चिकित्सकहरूले मंगलबार पनि देशभरका सरकारी अस्पतालहरूमा एक घण्टा धर्ना दिएका छन्। उनीहरूले काम अवरूद्ध पारेर धर्ना दिएका हुन्।
कर्मचारी समायोजमा आफूहरुलाई उपेक्षा गरेको भन्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरूले आइतबार एक घण्टा मन्त्रालय घेराउ गरेका थिए।
सरकारी चिकित्सक संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले अन्य असन्तुष्ट समूहसँग मिलेर सशक्त आन्दोलन गर्ने बताए। सरकारी चिकित्सकहरूले कमर्चारी समायोजन फाराम समेत नभर्ने बताएका छन्।
संघले समायोजनका क्रममा चिकित्सकको सेवा–सुविधा, सुरक्षालगायत विषय स्पष्ट हुनुपर्ने, समायोजन हुँदा स्तरवृद्धि सुनिश्चित गर्नुपर्ने, प्रदेशमा समायोजन भएका चिकित्सकलाई निश्चित अवधिपछि केन्द्रमा आउनसक्ने व्यवस्था हुनुपर्ने,प्रदेशमा रहँदा वरिष्ठताका आधारमा सचिव हुनुपर्ने लगायत माग संघले राखेकाे छ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यकै सचिव हुनुपर्ने प्रशासनको सचिव ल्याउने निर्णय फिर्ता गर्नुपर्ने, सरकारी चिकित्सकलाई पनि अन्य मन्त्रालयमा सचिव हुनसक्ने बाटो खोल्न खोल्नुपर्ने, चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठानमा उपकुलपतिलगायत पदमा बहालवाला सरकारी चिकित्सककै नियुक्ति गर्नुपर्ने माग पनि राखेकाे छ।
स्वास्थ्यसेवामा पनि तहगत व्यवस्था लागू गर्न र स्वास्थ्यअन्तर्गत संगठन संरचना बनाउँदा चिकित्सकका दरबन्दी भएका ठाउँ यथावत् राख्नुपर्ने लगायतका माग संघले अघि सारेको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’