आँखा अस्पताललाई गुठीको जग्गा
काठमाडौं : त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई सरकारले गुठीको जग्गा उपलब्ध गराउने भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाल आँखा अस्पतालको सेवा विस्तार गर्न अस्पताल परिसरमै रहेको गुठीको जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएकी हुन्।
सोमबार सो अस्पतालको स्तरोन्नति गरिएको ओपीडी हल उद्घाटन गर्दै मन्त्री अर्यालले अस्पतालको मागअनुसार सेवा विस्तारका लागि गुठीको जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएकी हुन्।
उनले अस्पतालको व्यवस्थापनमा सुधार आएको भन्दै विपन्न वर्गका लागि उपचारमा विशेष सहुलियतको व्यवस्था गर्न पनि अस्पतालका पदाधिकारीलाई निर्देशन दिइन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?