कान्ति मुलुककै उत्कृष्ट अस्पताल बन्छ : राज्यमन्त्री यादव
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले कान्ति बाल अस्पताललाई मुलुककै उत्कृष्ट अस्पताल बनाउने बताएका छन्।
अस्पतालको ५७औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा राज्यमन्त्री यादवले खर्च गर्न नै नसक्ने अस्पतालमा बढी बजेट गइरहेको बताए। ‘आगामी वर्षदेखि खर्च गर्ने अस्पतालमा जाने गरेको बजेट कान्तिजस्ता अस्पतालमा ल्याउनेछौँ’, उनले भने, कान्तिलाई हामी ‘सेन्टर अफ एक्सिलेन्स’ बनाउन खाेज्दैछौँ।’ त्यसका साथै यादवले कान्ति बाल अस्पतालमा ब्लड क्यान्सरको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५ करोड आर्थिक सहायता उपलब्ध गराउने समेत घोषणा गरे ।
यादवले स्वास्थ्य सेवालाई सहज बनाउने संविधानमै उल्लेख भए पनि बजेट र जनशक्ति अभावमा तत्काल काम गर्न सक्ने अवस्था भने नरहेको बताए। कार्यक्रममा अस्पतालका निर्देशक डा. गणेशकुमार राईले बजेट अभावमा अस्पतालले साेचेजति गर्न नसकेकाे बताएका थिए।

राज्यमन्त्री यादवले अस्पतालको आईसीयूमा उपचाररत उमेर नपुगी जन्मेका, कुपोषण लागेका बालबालिकाको निरीक्षण पनि गरे।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?