बाटाेमा गाडी राेकेर चालककाे स्वास्थ्य जाँच
दाङ : तुलसीपुर उपमहानगरपालिका–३ को गोटी खोलामा चालकका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।
प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुर दाङको आयोजना तथा राप्ती आँखा अस्पताल रक्षाचौर दाङको आयोजनामा शिविर आयोजना गरिएको हो।
शिविर उद्घाटन गर्दै प्रदेश ५ का प्रहरी प्रमुख पिताम्बर अधिकारीले दुर्घटना न्यूनीकरणका लागि सवारी चालकलाई निःशुल्क स्वास्थ्य जाँच शिविर शुरु गरेको बताए।
बिहानदेखि शुरु भएको शिविरमा हालसम्म लामो तथा छोटो दूरीमा सञ्चालित गाडीलाई रोकेर स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख जीवनकुमार शाहीले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?