अस्पतालका लागि २२ रोपनी जग्गा निःशुल्क
सोलुखुम्बु : थुलुङ दूधकोसी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने अस्पतालका लागि २२ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ।
गाउँपालिकाले निर्माण गर्न लागेको दूधकोशी सामुदायिक अस्पतालका लागि उक्त जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए।
‘स्थानीय समाजसेवी गोरे राईले अस्पतालका लागि जग्गा उपलब्ध गराउनुभएको हाे’, अध्यक्ष राईले भने, ‘हामी उक्त जग्गामा सुविधासम्पन्न ५० शय्याको अस्पताल निर्माण अभियानमा छौँ।’
सोलुखुम्बुसहित आसपासका जनतालाई समेत सहज सुविधा प्रदान गर्नका लागि भ्यान्टिलेटरसहितको अस्पताल निर्माण गर्न लागेकाे गाउँपालिका अध्यक्ष असिम राईले बताए।
सुविधासम्पन्न अस्पताल निर्माणका लागि आगामी चैतमा श्रीमद्भागवत सप्ताहज्ञान बृहत् महायज्ञ आयोजना गरिने गाउँपालिकाले जनाएको छ। महायज्ञबाट २० करोड रकम सङ्कलन गर्ने लक्ष्य राखेको अध्यक्ष राईले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?