पाेखरा महानगर ‘हेल्दी सिटी’ बन्छ : महानगरप्रमुख जिसी
पोखरा : पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नगरलाई ‘हेल्दी सिटी’ बनाउने अभियानका साथ अघि बढ्ने बताएका छन्।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ कार्यान्वयन विषयक अन्तरक्रियामा नगरप्रमुख जिसीले पोखरालाई हेल्दी सिटी बनाउनका लागि पहिलो अभियान स्वरूप सुर्तीजन्य पदार्थको सेवन नियन्त्रण गर्ने बताए। ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र न्यूनीकरण गर्न हामी लागिपरेका छौँ’,उनले भने ‘त्यसका लागि जनप्रतिनिधिलाई खटाएर विशेष अभियान शुरु गर्दैछौँ।’
उनले पोखरामा मौलाएको हुक्का संस्कृतिलाई पनि निश्चित स्थानमा मात्र प्रयोग गर्न सकिने बनाउन पहल गर्ने बताए। महानगरपालिकाले सार्वजनिकस्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग निषेध गर्ने र निश्चित क्षेत्रमा मात्रै सुर्तीजन्य पदार्थ बेचबिखन गर्न पाउने योजना तत्काल शुरु गर्ने उनको भनाइ छ।
अन्तरक्रिया कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले पर्यटकीय नगरी पोखराबाट सुर्तीजन्य पदार्थको विकृति हटाउन सबै जनप्रतिनिधि लाग्नुपर्ने बताए। उनले नयाँ पुस्तालाई नसर्ने रोगबाट जोगाउन सुर्तीजन्य पदार्थ नियन्त्रणको नेतृत्व पोखराले लिनेपर्ने धारणा राखे।
कार्यक्रममा द युनियनका एसिया प्यासेफिक क्षेत्रीय उपनिर्देशक डा. तारासिंह बमले ऐन कार्यान्वयनमा नेतृत्वदायी भूमिका लिन स्थानीय राजनीतिकर्मीसँग आग्रह गरे।
‘पहिलो चरणमा सार्वजनिक स्थलमा चुरोट बन्द गर्ने कामबाट शुरु गरौँ’, उनले भने, ‘पोखरालाई अन्तर्राष्ट्रियस्तरको हेल्दी शहर बनाउन सम्भव छ। यो नमूना शहर बन्नसक्छ।’
कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू सहभागी थिए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’