जिल्ला अस्पताल डेढ महिनादेखि प्रसूति सेवाविहीन
गाईघाट : उदयपुर जिल्ला अस्पताल डेढ महिनादेखि प्रसूति सेवाविहीन भएको छ। दरबन्दीमा रहेका एक स्त्री विशेषज्ञसहितका दुई चिकित्सक सरुवा भएर अन्यत्र गएपछि जिल्ला अस्पतालमा प्रसूति सेवा ठप्प भएको हो।
जिल्ला अस्पताल उदयपुरका प्रमुख डा. विष्ष्णुबहादुर बस्नेतका अनुसार सम्बन्धित निकाय तथा मन्त्रालयमा समेत जिल्ला अस्पतालमा स्त्री विशेषज्ञ अभाव हुँदा बिरामी मारमा परेको जानकारी गराए पनि अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन।
उदयपुर जिल्ला अस्पतालमा मात्र शल्यक्रियासहितको प्रसूति सेवा उपलब्ध हुँदै आएको तर अहिले प्रसूति सेवा नै बन्द हुन पुगेपछि जिल्लाका अधिकांश प्रसूतिसम्बन्धी बिरामी दशौँ हजार खर्च गरेर उपचारको लागि जिल्ला बाहिर विराटनगर, धरान जान बाध्य भएको सर्रवसाधारण बताउँछन् ।
जिल्ला अस्पतालजस्तो स्थानमा डेढ महिनादेखि चिकित्सक अभावमा प्रसूति सेवा बन्द भए पनि सम्बन्धित निकायको ध्यान नदिएको भन्दै जिल्लावासी आक्रोशित छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य