‘रक्सी–चुरोट खाने पैसाले स्वास्थ्य बीमा गर्नुस्’
डोटी : हास्यकलाकार तथा सामाजिक अभियन्ता धुर्मुस र सुन्तलीले जाँड, रक्सी, बिँडी–चुरोट खाने पैसा बचत गरी स्वास्थ्य बिमामा लगानी गर्न आग्रह गरेका छन्।
पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा दोस्रोपटक पुगेका धुर्मुस(सीताराम कट्टेल) र सुन्तली(कुञ्जना घिमिरे) ले सयौँ सहभागी कार्यक्रममा यस्तो आग्रह गरेका हुन्। ‘सन नेपाल लाइफ इन्स्योरेन्स’ कम्पनीले आयोजना गरेको बिमा जागरण कार्यक्रममा उनीहरू डोटी पुगेका हुन्।
‘रक्सी–जाँड खाने पैसाले अब बिमा गर्नुस्’, कार्यक्रममा सहभागी पुरुषहरूलाई लक्ष्य गर्दै सुन्तलीले भनिन्, ‘आफ्नो परिवार खुशी बनाउनुस्।’ महिलालाई भने उनले बिँडी–तमाखु खान छोड्न र बचेको पैसाले बिमा गर्न आग्रह गरिन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?