Health TV Online
Health TV Online
Health TV Online

सरकारी चिकित्सकहरुले गरे स्वास्थ्य मन्त्रालय घेराउ

सरकारी चिकित्सकहरुले गरे स्वास्थ्य मन्त्रालय घेराउ

काठमाडाैंः सरकारी चिकित्सकहरुले आइतबार स्वास्थ्य मन्त्रालय घेराउ गरेका छन्।

कर्मचारी समायोजन अध्यादेश, स्वास्थ्य सचिव नियुक्ति र संघीयता अनुसारको संरचनाको विरोधमा उनीहरुले मन्त्रालय घेराउ गरेका हुन्। सरकारी चिकित्सक संघ नेपाल (गोदान)को नेतृत्वमा उनीहरूले बिहान १० देखि ११ बजेसम्म  मन्त्रालय घेराउ गरेका हुन् ।

कार्यक्रममा वीर अस्पताल, कान्ति बाल अस्स्पताल, परोपकार प्रसूति गृह लगायतमा कार्यरत चिकित्सकहरु सहभागी थिए ।  मन्त्रालय घेराउ कार्यक्रममा संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले सरकारले चिकित्सकलाई विभेद गरेको भन्दै आफ्ना मागहरु पूरा नभए देशैभरका चिकित्सकहरु आन्दोलनमा उत्रिने चेतावनी दिए । उनले भने, ‘यो हाम्रो सांकेतिक विरोध मात्र हो। अहिले हामीले काममा बाधा नपुग्नेगरी विरोध जनाएका छौंँ। माग पूरा नभए सबै सेवा ठप्प पार्न बाध्य हुनेछौँ।’

 

उनीहरुले  आइतबार नै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेटी यस विषयमा ध्यानाकर्षण समेत गराेका छन्।

संघले कर्मचारी समायोजन अध्यादेश चिकित्सकका लागि विभेदकारी भएको भन्दै कसैले पनि यो फाराम नभर्ने बताउँदै आएको छ। यसैगरी घेराउ कार्यक्रममा सहभागी चिकित्सहरुले सरकारले चिकित्सका कुरा नसुनेको आरोप लगाएका थिए। उनीहरूले स्वास्थ्य सेवाबाटै स्वास्थ्य सचिव राख्ने परम्परालाई सरकारले तोडेकोमा समेत विरोध जनाए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार