विपन्न परिवारको स्वास्थ्य बिमा गाउँपालिकाले गराउने
तनहुँ : बन्दीपुर गाउँपालिकाले असहाय एवं आर्थिकरूपमा विपन्न परिवारको स्वास्थ्य बिमा गराउने भएको छ ।
चालू आर्थिक वर्षमा ३०० घर परिवारलाई स्वास्थ्य बिमामा सहभागी गराइने गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए। स्वास्थ्य बिमाका लागि लाग्ने खर्च गाउँपालिकाले बेहोर्ने उनले बताए।
आर्थिकरूपमा सम्पन्न घरपरिवार स्वास्थ्य बिमामा सहभागी हुन सक्ने भए पनि गरिब तथा विपन्न घरपरिवार स्वास्थ्य बिमाबाट वञ्चित नहुन् भन्नका लागि यो योजना ल्याएको गाउँपालिकाले जनाएको छ।
स्वास्थ्य बिमाका लागि वार्षिक दुई हजार ५०० शुल्क बुझाउनुपर्नेछ। गाउँपालिकाले सात लाख पचास हजार रुपैयाँ शुल्क बेहोर्नेछ। जिल्लामा २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम शुरुवात गरिएको थियो।
तनहुँमा हालसम्म १० हजार भन्दा बढी घरधुरी स्वास्थ्य बिमामा आबद्ध भइसकेको बताइएको छ। बन्दीपुर गाउँपालिकाका ५ सय २६ घरधुरी स्वास्थ्य बीमामा आबद्ध छन् ।
दमौली अस्पताल, बन्दीपुर अस्पताल, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बिमाको सेवा लिन सकिने व्यवस्था गरिएको छ।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?