‘इलामका सहयोगी हात’ मा जम्मा भयाे २० लाख
इलाम : आर्थिक अवस्था कमजोर भएका बिरामीलाई सहयोग गर्ने उद्देश्यले स्थापित ‘इलामका सहयोगी हात’ नामक संस्थामा उल्लेख्य रकम संकलन भएकाे छ। संस्थाले इलाम अस्पतालमा उपचाररत आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्दै आइरहेको छ।
दुई वर्षअघि स्थापित सो संस्थामा दाताको सहयोगले हाल करिब २० लाख रुपैयाँ संकलन भइसकेको संस्थाका अध्यक्ष रतनकुमार चौधरीले बताए। रक्तदाताका अगुवा भनेर समेत चिनिने चौधरीले विपन्न बिरामीलाई लक्षित गरी संस्था स्थापना गरेका हुन्।
उक्त संस्थामा अध्यक्ष चौधरीले आफ्ना आमाबुबाको सम्झनामा पाँच लाख रूपैयाँ सहयोग गरेका छन्। समाजसेवीको अगुवाइमा स्थापना भएको संस्थाबाट ६० विपन्न बिरामीलाई उपचार सहयोग गरिएको छ।
बिरामीको अवस्था हेरी उक्त संस्थाले दुईदेखि पाँच हजार रूपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ। पुनः अध्यक्ष चौधरीले नै संस्थामा एक लाख सहयोग गरेका छन्। उक्त संस्थामा दुर्गाप्रसाद उप्रेती, हिमालय कर्मचार्य, राजीव जैन, प्रकाश सरिया, प्रयाश शर्मा र प्रज्वल घिमिरेले तीन लाख रूपैयाँ दिएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण