महिला स्वास्थ्य स्वयंसेविका सम्मानित
बैतडी : बेलडाँडी गाउँपालिकाका १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित बिहीबार सम्मान गरिएको छ।
गाउँपालिकाको वडा नं १ को कार्यालयले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै महिला स्वास्थ्य स्वयंसेविकालाई दोसल्लासहित जनही तीन हजार रूपैयाँका दरले सम्मान गरेको हो।
निःस्वार्थ भावका साथ खटेर सहयोगको प्रशंसा गर्दै उनीहरूकाे मनोबल उच्च राख्नका लागि सम्मानित गरिएको वडाध्यक्ष अम्मरबहादुर खत्रीले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?