अल्ट्रासाउण्ड शिविरमा २११ गर्भवतीले लिए सेवा
बैतडी : दुर्गम सिगास गाउँपालिकाले गरेकाे अल्ट्रासाउण्ड शिविरमा २११ गर्भवतीले सेवा लिएका छन्। गाउँपालिकाका सबै ६ स्वास्थ्य चौकीमा पुस १० गते सुरु भएको शिविर बिहीबार सम्पन्न भएको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक जनकसिंह धामीले बताए।
शिविरमा गर्भवतीहरूको नि: शुल्क भिडियो एक्सरे गरिएको थियो। गाउँपालिकाको ५० हजारको सहयोगमा शिविर राखिएको हो। दुर्गम ठाउँका गर्भवती भिडियो एक्सरेका लागि टाढा जान नसक्ने भएकोले उनीहरूको लागि गाउँघरमै शिविर सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए।
शिविरमा पाठेघर खसेका महिलाहरूलाई पनि सेवा दिइएको थियो। ५० जना पाठेघर खसेका महिलाहरूले उक्त शिविरबाट सेवा लिएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?