रोग लुकाएर बस्ने महिलाको खोजी
बाँके : रोग लुकाएर बसेका महिलाको स्वास्थ्य उपचारका लागि लायन्स क्लबले खोजी अभियान सञ्चालन गरेको छ।
रोगबारे थाहा हुँदाहुँदै पनि लाजका कारण रोग पालेर बसेका महिलालाई खोज्न महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको लायन्स क्लब इन्टरने;नल डिष्ट्रिक ३२५– बी टुका निवर्तमान गभर्नर मधुसुदन शाक्यले बताए।
‘ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर मात्रै हुँदैन, सामान्य सर्वसाधारण शिविरमा आउँछन् तर, रोग लुकाएर बसेका महिला आउँदैनन्’, शर्माले भने, ‘त्यसैले यसपटक हामीले त्यस्ता बिरामी महिलाको परीक्षण गर्ने अभियान सञ्चालन गरेका हौँ।’
विशेषगरी पाठेघर र स्तन क्यान्सर भएका महिला घरपरिवार र समाजबाट अपहेलित हुने डरले रोग लुकाएर बस्ने गरेको पाइएको निजी क्षेत्रबाट स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका स्वास्थ्यकर्मी एवं लायन्सका पूर्वगभर्नर सेम शाक्यको भनाइ छ। लायन्स क्लबले नियमितजसो दुर्गम क्षेत्रमा गएर सञ्चालन गरेका शिविरमा महिला कम आउने गरेको उनले बताए।
पाठेघरको क्यान्सर, स्तन क्यान्सरजस्ता जटिल रोगसमेत महिलाले लुकाएर राख्ने गरेको पाइएको शाक्यको भनाइ छ। बेलैमा जाँच नगराउने र रोग भयावह भएपछि मात्रै स्वास्थ्य संस्थामा आउँदा जनधनको क्षति हुने गरेकाले यसमा सुधार ल्याउन आफूहरूको अभियान सहयोगी हुने उनी बताउँछन्।
अहिले बाँके र बर्दियाका स्थानीय तहसँग समन्वय गरेर महिला स्वास्थ्य स्वयंसेविकामार्फत यस्तो अभियान सञ्चालन गरिएको शाक्यले बताए। खोजतलास अभियानमा फेला परेका महिलालाई निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गरी आवश्यक परामर्श गरिने भएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?