मेलौलीमा पुग्याे एम्बुलेन्स
बैतडी : मेलौली नगरपालिकामा एम्बुलेन्स सेवा शुरु भएको छ। नगरपालिकाको रु १० लाख ४९ हजार बजेटमा नगरपालिकाले एम्बुलेन्स खरिद गरी बुधबारदेखि सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रसिंह नेगीले बताए।
२४ सैँ घण्टा सञ्चालन गरिने एम्बुलेन्स नेपाल सरकारको एम्बुलेन्स भाडादरमा चलाइने मेलौली नगरपालिकाले जनाएको छ। करिब छ\सात महिनाको प्रयासपछि नगरपालिकामा एम्बुलेन्स ल्याएको नगरप्रमुख कृष्णसिंह नायकको भनाइ छ।
३४ लाख रुपैयाँ पर्ने यो टाटा कम्पनीको एम्बुलेन्स भन्सार छुटमा १० लाख ४९ हजारमा ल्याउन सफल भएको मेलौली नगरपालिकाले जनाएको छ।
एम्बुलेन्स नहुँदा त्यस क्षेत्रका धेरै नागरिकले ज्यान गुमाउनु परेको थियो। अब यहाँका बिरामीसँगै सुत्केरी महिलालाई सहज हुने भएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?