कादर खानलाई के राेग लागेकाे थियाे?
हिन्दी सिनेमाका प्रसिद्ध अभिनेता तथा पटकथाकार कादर खानको निधन गत सोमबार साँझ भयो। छोरा सरफराज खानका अनुसार उनका पितालाई १६\१७ हप्तादेखि अस्पताल भर्ना गरिएको थियो।
८१ वर्षीय कादर खानलाई सास फेर्न गाह्रो भइरहेको थियो। त्यसैले डाक्टरहरूले उनलाई नियमित भेन्टिलेटरबाट विशेष भेन्टिलेटरमा राखेका थिए।
उनलाई के रोग लागेको थियो?
उनलाई शरीरको विभिन्न भागमा असर पुर्याउने ‘प्रोगेसिभ सुपरान्यूक्लियर पाल्सी’ पीएसपी भन्ने रोग लागेको थियो। ब्रिटेनको स्वास्थ्य सेवा निकाय न्याशनल हेल्थ सर्भिसका अनुसार पीएसपी एउटा दुर्लभ स्थिति हो जसको असरले शरीरको सन्तुलन बिग्रिन जान्छ र बिरामीलाई हिँडडुल गर्न, हेर्न, बोल्न र खानेकुरा निल्न अप्ठ्यारो हुन्छ।
समयसँगै मस्तिष्कका कोषमा क्षति पुग्नाका कारण त्यस्तो हुन जान्छ। ६० वर्षको उमेर नाघेका मानिसलाई यो रोगले सताउँछ।
‘तउ’ नामको प्रोटिन बढ्दै जानाले मानिसको मस्तिष्कको एक भागका कोषहरू बिग्रिन थालेपछि पीएसपी देखा पर्छ। तउ प्रोटिन मस्तिष्कमा हुन्छन् र ती बढ्नु अगावै फुट्न थाल्छन्।
पीएसपी रोग लागेका मानिसमा भने ती ठीक तरिकाले फुट्दैनन् र मस्तिष्कको कोषमा गुच्छा बन्न थाल्छन् र त्यसले जोखिम बढाउने गर्दछ। गुच्छाको आकार र संख्या फरक पर्ने हुनाले बिरामीहरूमा यो रोगका लक्षणहरू पनि फरक हुने गर्दछन्।
बीबीसी नेपालीबाट





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण