अनशन नबस्न डा. केसीलाई समिति सभापति घर्तीकाे आग्रह
काठमाडौं : शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले अनशन नबस्न डा. गोविन्द केसीलाई आग्रह गरेकी छिन्। चिकित्सा शिक्षा विधेयक छिटै टुंगो लाग्ने भन्दै उनले डा. केसीलाई अनशन नबस्न आग्रह गरेकी हुन्।
‘डा गोविन्द केसीसँग सरकारले गरेको सहमतिलाई आधार मानेर नै विधेयक ल्याउने विषयमा सहमति जुटेकोछ,’ उनले भनिन्, ‘त्यसकारण अनशन नबस्न उहाँलाई आग्रह गर्दछु।’
उपसमितिमा छलफल लम्बिएका कारण केही ढिला भएको र अब छिटै विधेयकलाई टुंगोमा पुर्याउन निर्देशन पनि दिएको उनले जानकारी दिइन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य