मुटुरोगी अपेक्षालाई बचाइदिन याचना
उदयपुर : बेलका नगरपालिका–७ का एक परिवारमुटु रोगी छोरी एक वर्षीयाअपेक्षालाई बचाइदिन आग्रह गरेको छ। स्थानीय मेसन राई छोरीको उपचार गर्ने रकम अभाव भएपछि आर्थिक सहयोगका लागि अपिल गरिएको हो।
अपेक्षाको मुटुको भल्बमा समस्या भएकाले केही महिनादेखि काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदय रोग निवारण केन्द्रमा उपचारत रहेको मेसनले बताए। ‘छोरीको मुटुको भल्ब बन्द भएकाले अप्रेसन गर्नुपर्छ भनेका छन्,’ मेसनले भने, ‘अप्रेसन गर्न रकम अभाव छ।’
डाक्टरले अप्रेसन गर्न छदेखि सात लाख रुपैयाँ लाग्ने भनेकाले छोरी बचाउन राईले सहयोगको याचना गरेका हुन्। बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा ‘स्वस्तिक’ले पनि फेसबुकमार्फत बालिकाको उपचारमा सहयोग गर्न आग्रह गरेका छन्।
बिरामीबारे जानकारी दिन र सहयोगका लागि इच्छुकहरूले प्रमुख थापाको मोबाइल नम्बर ९८५२८३५३८३ र ९८०४७००३९५ सम्पर्क गर्न सकिने जनाइएको छ।
तस्विर : दुर्गाकुमार थापाकाे फेसबुकबाट




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण