कर्णालीमा ११४ कुष्ठरोगी
वीरेन्द्रनगर : कर्णाली प्रदेशमा ११४ जनामा कुष्ठरोग देखापरेको छ। आर्थिक वर्ष २०७४\७५ मा प्रदेशका १० जिल्लामा कुष्ठरोगी फेला परेका हुन्।
कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था आइएनएफका अनुसार सबैभन्दा बढी बिरामीको सङ्ख्या सुर्खेतमा देखिएको छ। सुर्खेतमा एक वर्षमा थप २६ कुष्ठरोगी फेला परेका छन्। तथ्याङ्कअनुसार जाजरकोटमा २०, दैलेखमा १०, कालिकोट र रुकुममा नौ\नौ, जुम्ला, मुगु र सल्यानमा तीन\तीन तथा हुम्लामा एक जनामा कुष्ठरोग देखिएको छ।
सरकारले सन् २०२० सम्ममा नेपाललाई कुष्ठरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ। बिरामी बर्सेनि बढ्दै जाँदा यसमा चुनौती देखिएको छ। आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालका निर्देशक मंगल चौधरीका अनुसार नेपालमा बर्सेनि तीन हजारभन्दा बढी कुष्ठरोगका बिरामी फेला पर्ने गरेका छन्।
साइनिङ अस्पतालमा साउनयता १० कुष्ठरोगका बिरामी उपचारका लागि आएका छन्। गत वर्ष ६० कुष्ठरोगी उपचार गर्न आएका थिए । अस्पतालले अहिलेसम्म १० हजार ८०० कुष्ठरोगीको उपचार गरिसकेको चौधरीले बताए। गत वर्ष १४६ कुष्ठरोगी भर्ना भएका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?