डा. केसीको १६औँ अनशन इलाममा
काठमाडौं : प्रा. डा. गोविन्द केसी १६औँ अनशन इलाममा बस्ने भएका छन्। अनशनको बन्दोबस्त मिलाउन लागि उनी मंगलबार इलाम पुगेका छन्।
यसअघि भएको सम्झौता पूरा गर्न दिएको समयसीमा सकिएपछि सरकारलाई दबाब दिन इलाम पुगेर उनले अनशन शुरु गर्न लागेका हुन्। यसअघि उनी १५औँ अनशन जुम्लामा बसेका थिए।
यसअघि उनले आफ्ना माग पूरा गर्न पुस २ गतेसम्मको ‘अल्टिमेटम’ दिएका थिए। तर संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले केही समय दिन आग्रह गरेपछि १७ गतेसम्मको समयसीमा दिएका थिए।
मंगलबार पनि माग पूरा गर्ने कुनै संकेत नभएपछि उनले १६औँ अनशन शुरु गर्न लागेका हुन्। डा. केसीसँग सरकारले विगतमा गरेको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता भएको छैन।
केसी गतअसार १६ गते १५औँ अनशन जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बसेका थिए। पछि सरकारले उनलाई उपचारका लागि भन्दै काठमाडौं ल्याएको थियो। उनको १५औँ अनसन २७ दिनमा तोडिएको थियो।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’