सप्तरीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने
काठमाडौंं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको प्रस्ताव अनुसार सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने भएको छ।
मन्त्रिपरिषदको सोमबारको बैठकले निर्णयगरेसँगै प्रदेश नं २ को सप्तरीमा उक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना हुने भएको हो।
उक्त स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराज सप्तरीमा स्थापना हुनेछ जसबाट प्रदेश १ र २ का विरामीहरूले उपचार सुविधा प्राप्त गर्नेछन्। चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीहरुका लागि ठूलो अवसर प्राप्त हुने बताइएको छ।
विकास र निर्माणको दृष्टिकोणले अत्यन्त पछाडि परेको यो जिल्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि नेपालका १ र २ प्रदेशका स्थानीयले सेवा सुविधा पाउनुका साथै छिमेकी मुलुक भारतीय नागरिकले पनि जनताले पनि सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?