सप्तरीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने
काठमाडौंं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको प्रस्ताव अनुसार सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने भएको छ।
मन्त्रिपरिषदको सोमबारको बैठकले निर्णयगरेसँगै प्रदेश नं २ को सप्तरीमा उक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना हुने भएको हो।
उक्त स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराज सप्तरीमा स्थापना हुनेछ जसबाट प्रदेश १ र २ का विरामीहरूले उपचार सुविधा प्राप्त गर्नेछन्। चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीहरुका लागि ठूलो अवसर प्राप्त हुने बताइएको छ।
विकास र निर्माणको दृष्टिकोणले अत्यन्त पछाडि परेको यो जिल्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि नेपालका १ र २ प्रदेशका स्थानीयले सेवा सुविधा पाउनुका साथै छिमेकी मुलुक भारतीय नागरिकले पनि जनताले पनि सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।







बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो
पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी