सेनाकाे स्वास्थ्य शिविरमा एक हजार ४३५ जनाले गराए जाँच
कञ्चनपुर : नेपाली सेनाको सिंहशार्दूल गुल्मको आयोजना र शुक्लाफाँटा नगरपालिकाको सहयोगमा दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ४३५ जनाले स्वास्थ्य सेवा लिएका छन्।
शिविरमा एक हजार ४३५ जनाले स्वास्थ्य सेवा पाएको आयोजक सिंहशार्दूल गुल्मका गुल्मपति सेनानी विदुरध्वज अधिकारीले बताए। ‘सैनिक–नागरिक सम्बन्ध थप सबल बनाउन हामी विभिन्न प्रकारका कार्यक्रम गर्दैआएका छाैँ’, उनले भने, ‘यहाँ स्वास्थ्य शिविरको आवश्यकता देखेरै सञ्चालन गरेका हौँ।’
उनले ग्रामीण भेगमा स्वास्थ्य सेवालगायत विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दैजाने बताए। श्री नं. २५ फिएका प्रमुख उपसेनानी डा. साजन महर्जनले शिविरमा हाडजोर्नी, आँखा, स्त्रीरोगका बिरामी बढी आएको जानकारी दिए।
बिविरमा तेघरी ब्यारेकस्थित श्री नं ५ फिएका प्रमुख सहसेनानी डा. ज्योति खड्का, महाकाली अञ्चल अस्पतालका डा. वैभव भट्ट, आँखा अस्पताल कञ्चनपुरका डा. इस्मथ अधिकारीलगायतको चिकित्सकको टोली खटिएको थियो । डा.खड्काले महिलामा पाठेघरको समस्या धेरै देखिएको बताइन्। ग्याष्ट्रिक, मुटु, मधुमेह रोगका बिरामीले पनि सेवा लिएको उनले जानकारी दिइन्।
‘ठूला रोगका बिरामी आर्थिक अवस्था कमजोर भएकाले यहाँ औषधि पाउने आशले पनि आएको देखियो’ उनले भनिन्। शिविरमा शुक्लाफाँटा नगरपालिकाले औषधि उपलब्ध गराउन सहयोग गरेको थियो।



व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य